साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर सम्पन्न
ललितपुर जिल्ला बचत संघको आयोजनामा भक्तपुरको नगरकोटमा रहेको रत्नागिरी रिर्सोटमा फागुन ४ र ५ गते साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर सम्पन्न भयो । दुई दिनसम्म सञ्चालन भएको उक्त गोष्ठीमा ललितपुर जिल्लामा सञ्चालित १ सय जना सहकारी संस्थाका अध्यक्षहरुको सहभागिता रहेको थियो ।
उद्घाटन सत्रमा वचत संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्व एवम् राष्ट्रिय सहकारी महासंघ लि. नेपालका अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यतामा सुरुवात भएको थियो । उद्घाटन सत्रमा राष्ट्रिय सहकारी बैंक लि. का सञ्चालक ध्रुवराज विष्ट, नेप्mस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, ललितपुर महानगरपालिका उद्योग तथा सहकारी शाखाका अधिकृत चिरन्जीवी पौडेल, जिल्ला सहकारी संघ ललितपुरका सचिव अनिलवीर बज्राचार्य तथा राष्ट्रिय सहकारी बैंक लि. का प्रशिक्षक वल्भव तिमल्सिनाको उपस्थिति रहेको थियो । उक्त गोष्ठीको सञ्चालन वचत संघका सचिव श्यामकृष्ण महर्जनले गर्नुभएको थियो भने संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले स्वागत मन्तव्य राख्दै सहकारीको वर्तमान समस्यासँग लड्न र अध्यक्षहरुमा सकरात्मक भावना विकास गर्न गोष्ठी सहयोगी हुने अपेक्षा गरे ।
सो अवसरमा गोष्ठीको प्रमुख अतिथिको रुपमा बोल्दै मल्लले संस्थाहरुले सदस्यको मन जित्न नसकेसम्म सहकारीको समस्या समाधान गर्न नसकिने बताइन् । सदस्यको मन जित्न संस्थाहरुले सहकारी शिक्षाका साथै सदस्यसँग जोडिएर अगाडि बढ्नुपर्ने उनको भनाई छ । अहिलेको आवश्यकता ऋण असुली न्यायधिकरण भएको र समयमा ऋण असुली नहुँदा सदस्यले मागको बेलामा बचत फिर्ता गर्न नसकेको उनको भनाई छ । आगामी चैत्र मसान्तभित्र ऋण असुली न्यायधिकरण गठन हुने उनले बताइन् । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास घटेको उनले सुनाइन् । मुुलकको ५० जिल्लाको सहकारीमा कुनै समस्या नभएको र ५ सय जति सहकारीमा समस्या आए पनि त्यसको प्रभाव सिंगो अभियानमा परेको मल्लको भनाई छ ।
गोष्ठीले अध्यक्षहरुको आत्मविश्वास, ज्ञान र सिप विकास गरी संस्थालाई अगाडी बढाउन टेवा पुग्ने उनको विश्वास छ । केही संस्था शुसासनमा नचल्दा समस्या आएको भन्दै उनले संस्थागत शुसासन कायम गर्दै अगाडी बढ्न संस्थाहरुलाई उनले निर्देशन दिइन् । एउटा अध्यक्षको उपस्थितिले हजारौं सदस्यको प्रतिनिधित्व गर्ने भन्दै उनले गोष्ठीमा सिकेका कुरा संस्थाका सञ्चालक, व्यवस्थापन र सदस्यलाई पनि सिकाउन उनले सुझाव दिइन् । सहकारी प्रवद्र्धन कोषको पैसा खर्च गर्न सरकार तयार रहेको र छिट्टै उक्त कोषको रकम परिचालन गरी सहकारीको विकास र प्रवद्र्धन गर्ने उनले जनाइन् ।
सहकारीलाई सरकारले सहुलियत ऋण नदिदाँ सदस्यलाई २–३ प्रतिशत बढी ब्याज दिएर बचत लिनुपर्ने बाध्यता रहेको उनले सुनाइन् । सरकारले सहकारीलाई सहुलियत ऋण दिए र कानुनमा संसोधन गरिदिए सहकारीले पनि उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने मल्लले बताइन् । सहकारी ऐन संसोधनका लागि महासंघ अगाडी बढेको र त्यसका लागि राजनितिक नेतृत्वसँग छलफल अगाडी बढाएको उनले जानकारी दिइन् । सहकारीका समस्या समाधानमा सबै एकजुट हुनुपर्ने र सहकारीको वोर्ड राखेर बचत संकलन गर्ने थलो बनाएकाहरुलाई भने बहिष्कार गर्नुपर्नेमा उनले जोड दिइन् । सरकारले ऐन, नियम कार्यन्वयनमा उदासिनता देखाउँदा अहिलको समस्या आएको उनको भनाई छ । अहिले बचत तथा ऋण सहकारीमा बढी समस्या रहेको र संघले साकोसका अध्यक्षहरुलाई सहभागी गराएर गोष्ठी आयोजना गरेकाले यसले सकरात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनेको विश्वास छ ।
त्यसैगरी नेप्mस्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा शुसासन र शुद्धिकरण कुरा उठेको भए पनि त्यसको कार्यन्वयन आफैबाट सुरु गर्नुपर्ने बताए । सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मुल्याङ्कन राज्यले गर्नुपर्नेमा उनेको जोड छ । सहकारीका समस्यामा राज्य पनि जिम्मेवार हुनुपर्ने र नीतिगत तथा संरचनागत व्यवस्था गरिदिए सहकारीका समस्या हल गर्न सकिने उनको भनाई छ । सहकारीले गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भएको भन्दै उनले त्यसका लागि राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्थापन गर्न जोड दिए । सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको भन्दै उनले त्यसका लागि समय लाग्ने बताए । कोभिड महामारीका बीचमा पनि सहकारीले घर घरमा गएर सदस्यहरुलाई सेवा प्रवाह गरेको कुरा राज्यले बिर्सन नहुने अध्यक्ष ढकालले बताए । सहकारीमा सुधारको विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नुपर्ने ढकालले बताए । तहगत र संरचनागत समस्या सहकारीमा रहेको र को कहाँ रहने भनेर छलफल गरेर अगाडी बढ्नुपर्नेमा उनले जोड दिए । एउटा प्रारम्भिक सहकारी संस्था जिल्ला, प्रदेश र केन्द्रीय संघमा आवद्ध हुनुपर्ने तर संघहरुले सदस्यको हितका लागि काम गर्न नसक्दा वितृष्णा बढेर गएको भन्दै उनले सदस्य संस्थाको विकास र प्रवद्र्धनमा सबैले काम गर्नुपर्नेमा उनले जोड दिए । कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा पनि सहकारीले अहिलेको समस्या भोग्नु परको उनले बताए ।
सोही मन्तव्यको क्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवराज विष्टले गोष्ठीबाट नयाँ कुरा सिकेर संस्थालाई शुसासनयुक्त र जोखिम रहित बनाउन सघाउ पु¥याउने बताए । सिकेका कुरालाई संस्थामा लागू गर्न सके संस्थालाई दिगो रुपमा अगाडी बढाउन र सदस्यको विश्वास जित्न थप टेवा पुग्ने उनको भनाई छ ।
त्यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुनकै लागि अहिले समस्या आएको बताए । शुसासान कायम गरी सदस्य केन्द्रीत भएर संस्था चलाउन सके सहकारीमा समस्या नआउने उनले बताए । सहकारीले सदस्य शिक्षालाई अगाडी बढाउन सके र सदस्यले सहकारीको महत्व बुझेमा अहिलेको समस्या समाधान गर्न सकिने उनको बुझाई छ । सहकारी शिक्षा तथा तालिम मार्फत सदस्यलाई सहकारी बुझाउनुपर्नेमा उनको जोड छ । सहकारीमा शुसासन कायम गरी सदस्यको विश्वास जित्न सबै सहकारीकर्मी लाग्नुपर्ने सापकोटाले बताए । सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि गोष्ठीले सघाउने उनले बताए ।
संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उद्देश्यले गोष्ठीको आयोजना गरिएको बताए । अध्यक्षहरु मर्यादित, अनुशासित र जवाफदेही हुन सके सहकारीमा समस्या नआउने उनको भनाई छ । सहकारी संस्थामा समस्या आएपछि कतिपय संस्थाका अध्यक्षहरु पन्छिने गरेको भन्दै उनले संस्थामा अध्यक्ष नै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिए । अध्यक्ष जति क्रियशिल हुन्छ, त्यति नै संस्था चलायमान हुने भन्दै उनले त्यसका लागि गोष्ठीले थप टेवा पुग्ने जनाए । सहकारीमा शुसासन कायम गर्दै सदस्य केन्द्रीत भएर सञ्चालन गर्न र समस्या समाधान गर्न गोष्ठीले सघाउने उनले बताए ।
दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा पहिलो दिन पूर्व अर्थ सचिव रामेश्वर खनाल, पूर्व राजदुत महेश दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी, ललितपुरका अमर दिप सुनुवारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कार्यपत्र समापन पछि हाँस्य कलाकार राजा राजेन्द्र पोखरेलले प्रस्तुती दिनुभएको थियो ।
त्यस्तै, दोश्रो दिन संघीय सहकारी विभाग उप– रजिष्ट्रार टोलराज उपाध्याय, केन्द्रीय अनुसन्धान व्यूरो ९ऋक्ष्द्य० का नायव प्रहरी उपरीक्षक मदनजीत महरा, चन्द्रागिरी साकोसका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ तथा राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले प्रशिक्षण दिनुभएको थियो । समापन सत्रमा वागमती प्रदेश सभाका माननीय उपसभामुख अप्सरा चापागाई, वागमती प्रदेश सहकारी संघ लि. का अध्यक्ष रामशरण शर्मा घिमिरे लगायत महानुभावहरुको उपस्थिति थियो । उक्त गोष्ठीले ७ बुँदे साझा प्रतिबद्धता जारी गरी समापन भएको थियो ।
सात बुँदे साझा प्रतिबद्धता
ô सहकारी मार्फत राष्ट्रिय पुँजी निर्माणमा भएको योगदानको पहिचान कायम गर्दै अभियानलाई सुदृढ एवं दिगो राख्न संस्थागत गतिविधिहरुको नियमित प्रकाशन मार्फत व्यक्तिगत एवं संस्थागत
वित्तीय अनुशासन कायम राख्ने ।
ô सहकारीमा सकारात्मक नेतृत्व शैली स्थापित गरी सफल सहकारी संस्था निर्माण गर्न संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्नेछौं ।
सहकारी संस्थाको समग्र विकास र प्रबद्र्धनमा अध्यक्षको भूमिकालाई आत्मसाथ गर्दै संस्थागत जोखिम व्यवस्थापनका लागि उक्त भूमिका पूर्ण रुपमा निर्वाह गर्न प्रतिबद्ध छौं ।
वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएको संकट सामनाका लागि समग्र अभियानलाई सुव्यवस्थित रुपमा दिशानिर्देश गर्न व्यक्तिगत एवं संस्थागत रुपमा सकारात्मक रुपान्तरणका लागि तयार
छौं ।
ô सुदृढ सहकारी अभियानको निर्माणमा कानुनको परिपालनालाई महत्वपूर्ण कडीको रुपमा आत्मसाथ गर्दै कानुनी अनुपालनामा शुन्य सहनशीलताको नीति अबलम्बन गर्न तयार छौं ।
ô नियमित रुपमा सहकारी संस्थाको वित्तीय विश्लेषण र स्वमूल्यांकन गरी सुधार गर्नुपर्ने क्षेत्रहरुको पहिचान गरी व्यवस्थापन गर्न संचालक समिति र व्यवस्थापनलाई पूर्ण रुपमा जवाफदेही बनाउन
प्रतिबद्ध छौं ।
ô सुरक्षित र दिगो वित्तीय पहुँच अभिवृद्धि मार्फत सदस्यको आर्थिक एवं सामाजिक जिवनस्तर अभिवृद्धि गर्न आवश्यकताका आधारमा सेवामा विविधिकरण गर्दै लैजान प्रतिबद्ध छौं ।
सूचनाहरू 