कार्यालय सम्पर्क नम्बर: ०१–५४५३००१ , ५४५३००७

आइतबार – शुक्रबार

१०:०० देखि ५:००

लगनखेल-५, ललितपुर

post-01

बचत संघको तेश्रो त्रैमासिक विवरण प्रकाशित

ललितपुर बचत तथा ऋण सहकारी संघले चालु आर्थिक वर्ष तेश्रो त्रैमासिक वित्तीय बिवरण आर्थिक राष्ट्रिय दैनिक पत्रिकामा सार्वजनिक गरेको छ । संघले यस आर्थिक वर्षदेखि हरेक ३ महिनामा वित्तीय विवरण सार्वजनिक गर्न शुरु गरेको हो । बैंक तथा वित्तीय संस्थाले हरेक त्रैमासिकमा यस्तो विवरण प्रकाशित गर्दै आएको भएपनि सहकारी क्षेत्रमा भने यो पहिलो अभ्यास हो । यस अघि राष्ट्रिय सहकारी बैंकले मात्रै यस्तो विवरण प्रकाशित गर्दै आएको छ । 

संघले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २०७८ चैत्र मसान्तसम्म संघको सेयर पुँजी ७ करोड ४८ लाख ६३ हजार २ सय रुपैयाँ पुगेको छ । त्यसैगरी संघले सो अवधिमा १ अर्ब ३५ करोड ६२ लाख २१ हजार २ सय १५ रुपैयाँ बचत संकलन गरी १ अर्ब २४ करोड १८ लाख ७२ हजार ९ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

पौषसम्म संघले १ अर्ब ४७ करोड ६ लाख ६५ हजार रुपैयाँ बचत संकलन गरी १ अर्ब ३३ करोड १९ लाख ६१ हजार रुपैयाँ कर्जा गरेको थियो । पौष मसान्तसम्म ३ करोड २६ लाख ७२ हजार रुपैयाँ नाफा गरेकोमा संघको नाफा तीन महिनामा बढेर ४ करोड ५९ लाख ७० हजार रुपैयाँ पुगेको छ ।