बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम
ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा बजार प्रतिनिधि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । विभिन्न सहकारीहरुबाट ३४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको तालिममा सहकारी संघ संस्थाहरुको बजार व्यवस्थापनलाई अझै वैज्ञानिक र समय सान्दर्भिक बनाउन उद्देश्यका तालिम आयोजना गरिएको थियो ।
तालिम उद्घाटनको अवसरमा भनाइ राख्दै संघका अध्यक्ष रामहरि बजगाईले सहकारी संस्थाहरुमा समस्या आउन नदिन बजार व्यवस्थापनमा उचित ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । सहकारीहरुको बजार व्यवस्थापनमा बजार प्रतिनिधिहरुको महत्वलाई सबैले अंगीकार गर्दै बजार विश्लेषण गरी शेयर सदस्यहरुसँंग मात्र कारोबार गर्न बजगाईले आग्रह गर्नुभयो ।
संघका व्यवस्थापक सन्तोष बजगाईले वर्तमान समयमा बजार व्यवस्थापनमा देखिएका समस्याहरु समाधान गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको बताउनुभयो । तालिममा सदस्यहरुको सम्बन्धको व्यवस्थापनको आवश्यकता सहकारी संस्थाहरुमा रहेकोले उक्त व्यवस्थापनका लागि विद्यमान समस्या, सहकारीमा बजार विश्लेषणका आधारहरु आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको बजगाईले जानकारी दिनुभयो । तालिममा सहभागी अधिकांश प्रशिक्षार्थीहरुले तालिमबाट आफूले संस्थामा शेयर सदस्यहरुसँग मात्र कारोबार गर्ने तथा सदस्य सम्बन्धमा विशेष ध्यान पु¥याउने विषय तालिमले सिकाएको बताएका छन् । प्रशिक्षक तेज प्रसाद बजगाईले सहजीकरण गर्नुभएको उक्त तालिम गत २०७७ माघ २५ देखि २७ गतेसम्म सम्पन्न भएको थियो ।
सूचनाहरू 