संघको आयोजनामा सहकारीमा आयकर बिषयक तालिम आयोजना
वरिष्ठ चाटर्ड एकाउन्टेन्ट क्षितिज शर्माको सहजीकरणमा सहकारीमा आयकरसम्बन्धी तालिम सम्पन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा गत २०७८ आषाढ ३ गते भर्चुअल रुपमा उक्त तालिम सम्पन्न भएको हो ।
कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी संघका नियमित कार्यक्रमअन्र्तगत सदस्य सहकारी संस्थाहरुको क्षमता विकासको लागि भौतिक उपस्थितिमा तालिम सञ्चालन गर्न नसकिए पनि भर्चुअल रुपमा तालिम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटनको अवसरमा बोल्दै संघका अध्यक्ष रामहरी बजगाईले सहकारी संस्थाहरुले तिर्ने आयकरका विषयमा असान्जस्यता उत्पन्न भएको परिप्रेक्ष्यमा तालिममा संचालन भएको बताउनुभयो । आय, निर्धारण योग्य आय र करयोग्य आयसहित आर्थिक अध्यादेशका विशेष व्यवस्थाहरु, आयमा छुट हुने र कट्टीहुने रकमहरु, व्यवसायको कर गणनाका विशेष अवस्थाहरु, किस्ताबन्दी कर तथा स्रोतमा करकट्टीको विवरण आदि विषयहरु समावेश गरी तालिम सञ्चालन गरिएको बजगाईको भनाई थियो । सहकारीहरुले लेखापरीक्षकमार्फत नभई कर्मचारीमार्फत करसम्बन्धी काम गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरिएको थियो ।
सूचनाहरू 